युएनआई नेपालको वोर्ड बैठक : ‘डिजिटल अर्गजाइजिङ’ अबको आवश्यकता

काठमाडौं- युएनआई नेपालको बोर्ड मिटिङ काठमाडौंमा सम्पन्न भएको छ ।

नेपालमा रहेका युएनआईसँग आवद्द १८ वटा विभिन्न युनियनहरुका अध्यक्ष र महासचिवहरु वोर्ड सदस्य रहने युएनआईको बोर्डमा कोभिड-१९ ले पारेको असरका बारेमा समिक्षा भएको थियो । बैठकमा आवद्द युनियनका प्रतिनिधिहरुले कोरोनाको असरले ट्रेड युनियनको गतिविधिमा समस्या आएको र विस्तारै नयाँ तरिकाले संगठन संचालन गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा युएनआई एशिया प्याशिफिकका क्षेत्रीय महासचिव राजेनद्र आचार्यले कोभिडको महामारीपछि संगठन विस्तारमा डिजिटल अर्गनाइजिङ ( Digitial Organizing) को अबधारणाका बारेमा सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

महासचिव आचार्यले नेपालका औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूरहरुलाई ट्रेड युनियनमा आवद्द गराउन र यसप्रति आकर्षण बढाउन युनियनिज्मको नयाँ प्रयोग जरुरी भएको उल्लेख गर्नुभयो ।

‘अब सदस्य सबैलाई भेटेर होइन डिजिटल माध्यमबाट नै आवद्दता र गतिविधि संचालन गर्न सक्नुपर्छ र त्यसका लागि हरेक संघ संगठनहरुले आफ्नै क्षमता बृद्धि गर्नुपर्छ’- युनीएप्रोका महासचिव आचार्यले भन्नुभयो ।

युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले युएनआईसँग आबद्द भएका सबै युनियनहरुले सहकार्य गर्न र एकले अर्कोको समस्यामा ऐक्येबद्दता जनाउन जरुरी भएको धारणा राख्नुभयो ।

युएनआई नेपालमा विभिन्न १८ वटा युनियनहरु आवद्द छन ।